काठमाडौं,१२असार: फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा ब्राजिलकाे भिडन्त जापानसगँ हुने भएको छ ।
शुक्रबार बिहान भएको खेलमा स्विडेनसँग १–१ गोलको बराबरी खेल्दै जापान समूह एफको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो।
योसँगै जापानको राउन्ड अफ ३२ मा ब्राजिलसँग भिडन्त हुने पक्का भएको हो। ब्राजिल समूह सी को विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ।
ब्राजिल र जापानबीचको खेल आगामी सोमबार (२९ जुन) राति १०ः४५ बजे सुरु हुनेछ।

