
काठमाडौं,१६कात्तिकः नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ ।
हिजो (आइतबार) तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ । हिजो तोलाको २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेको छ ।हिजो प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।

