Madhes Khabar
अर्थतन्‍त्र कर्पोरेट

४३ कराेड महशुल नतिरेकाे हुलास स्टिलकाेपनि बिजुली लाइन काटियाे

वीरगन्ज,२३पुष:नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा बाराकाे सिमरामा रहेकाे एक उद्योगको बिजुली लाइन काटेको छ ।

विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको बिजुली लाइन सोमबार बिहान काटेको हो ।

हुलास स्टिल उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिलेसमछ ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ ।

जसमध्ये हिमाल स्टीलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।

प्राधिकरणले ७ पुसदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो ।

Related posts

गाडी, मदिरा र माेबाइलकाे आयात प्रतिबन्ध हटाउने सरकारकाे निर्णय

MadhesKhabar

राजश्व विभागकाे छापा प्रति वीरगन्ज उद्योग वाणिाज्य संघकाे आपत्ति

MadhesKhabar

सिमरा सेजमा २५ उद्योगलाई अनुमति

MadhesKhabar

Leave a Comment