
वीरगन्ज, ४ साउन : दिनहुँ बढिरहेको सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अअनुसाार सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको छ ।
गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ ।
यस्तै, चाँदी पनि बिहीबार अहिलेसम्मकै महँगो भएको छ । चाँदीको भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

