Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१५कात्तिक:नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार)सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ ।गत शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Related posts

सीमावर्ती बजार रक्साैलमा भारु भन्दा नेरु बलियाे

MadhesKhabar

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डा. सुबाेध गुप्ता निर्वाचित

MadhesKhabar

सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

MadhesKhabar

Leave a Comment