वीरगन्ज,२६मंसिरःनेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य फेरि बढेको छ । हिजो (बिहीबार)को तुलनामा आज सुनको मूल्यमा भारी वृद्धि भएको हो । आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।यस्तै आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।
गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

