Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

वीरगन्ज,२६मंसिरःनेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य फेरि बढेको छ । हिजो (बिहीबार)को तुलनामा आज सुनको मूल्यमा भारी वृद्धि भएको हो । आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।यस्तै आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।

गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

एकै दिन तोलामा १४ सय रुपैयाले बढ्यो सुनको मुल्य

MadhesKhabar

सुनको मूल्य एकैदिन ५ हजार ४०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

MadhesKhabar

राजश्व संकलनमा वीरगन्ज भन्सार सफल , सुख्खा बन्दरगाह भन्सार असफल

MadhesKhabar

Leave a Comment