Madhes Khabar
समाचार

पर्सामा हुलाकी सडकको छेउमा फेला परेको शवको पहिचान खुल्याे

प्रमोद यादव
पर्सा,१३कार्तिक: पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा हुलाकी सडकको छेउमा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान ७:१० बजेको समयमा स्थानीय बासिन्दाले पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वास्थित हुलाकी सडकको छेउमा एक व्यक्ति मृत अवस्थामा भेटिएको भन्दै फोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए। त्यहीँ सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र मनिहर्वा चेकपोस्टबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर बुझ्दा मनिहर्वा चोकबाट अन्दाजी ५० मिटर उत्तरतर्फ बाटोको छेउमा अन्दाजी ७०/७५ वर्षका जस्तो देखिने मधेसी मूलका पुरुष अनुहार घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अधिकारी चक्रबहादुर मल्लका अनुसार मृतकको सनाख्त गर्दै उनका छोरा रामअशिष प्रसाद कुर्मीले उक्त शव आफ्ना बुबा वीरगन्ज-२६ सुगौली बजार बस्ने अन्दाजी ७३ वर्षीय जगरनाथ राउत कुर्मीको भएको भनेर पहिचान गरेका थिए।

घटना किन र कसरी भयो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक थप अनुसन्धान भइरहेको मल्लले बताए।

Related posts

रौतहटकोे सबगढवामा दुई फरक धर्मका समुदायबीच झडप,स्थिती नियन्त्रणमा लिन सेना परिचालन

MadhesKhabar

वीरगन्जको छपकैयाबाट तस्करीको ६ लाख मुल्यको औषधी बरामद

MadhesKhabar

मधेसको खानेपानी समस्याबारे मन्त्री यादवले विज्ञहरुलाई मन्त्रालयमा बाेलाएर गरे छलफल

MadhesKhabar

Leave a Comment