Madhes Khabar
काेशी प्रदेश

होटलमा जुवा खेलिरहेको अवस्थामा चार लाख नगदसहित ८ जना जुवाडे पक्राउ

एआई निर्मित तस्बिर।

सुनसरी,९ कात्तिक : सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ।

इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो। वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जुवाखालबाट उनीहरूलाई पक्राउ गरेको इटहरीका प्रहरी नायब उपरीक्षक सुभाष हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर, वडा नम्बर ८ का ४२ वर्षीय मनोज राई, ५२ वर्षीय ईश्वर कार्की वडा नम्बर ४ का ४० वर्षीय टीकाराम गेलाल,४० वर्षीय जीवन अधिकारी,४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।

पक्राउ परेका आठै जनालाई बरामद गरिएको नगद र ताससहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक हमालले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

सुनसरीको देवानगन्जमा गाेली चल्याे,एक युवक घाइते

MadhesKhabar

सुनसरीमा दुई सुमुदायबिच झडप (अपडेट) : ५ वटा पालिकामा कर्फ्यु जारी

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment