
विराटनगर,३असाेज: सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा शनिबार साँझ गोली चल्दा एक युवक घाइते भएका छन् ।
तिघ्रामा गोली लागेर घाइते भएका स्थानीय ३३ वर्षीय निरजकुमार यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्प मल्लले घटनाको कारण र गोली चलाउने व्यक्तिबारे अनुसन्धान भइरहेको बताए ।
‘घाइतेको तिघ्रामाथि चोट छ, गोली लागेको भनिएको छ, तर हतियार बरामद भएको छैन,’ उनले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’
घटनाको कारण व्यक्तिगत रिसिइबी भएको हुन सक्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरिप्रसाद अर्यालले जनाए । घटनामा संलग्न दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

