Madhes Khabar
राजनीति

फेसबुकमा आँफुखुशी उम्मेदवार घोषणा गर्नेलाई कारबाही गर्ने रास्वपा पर्साका सभापति पन्तको चेतावनी

वीरगन्ज,११असोजः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पर्साका सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आँफुखुशी उम्मेदवारी घोषणा गर्ने र गराउने पार्टीका नेताकार्यर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पन्तले आउँदो स्थानीय तहको चुनावलाई लक्षित गरि वीरगन्ज महानगर लगायत अन्य पालिकाहरुमा समेत रास्वपाकोे तर्फबाट मेयर , उपमेयर र वडा अध्यक्ष लगायतका पदको टिकट फाइनल भै सकेको भन्दै विभिन्न सामाजिक सन्जालहरुमा भ्रामक प्रचार, प्रसार गरिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार चयनको आफ्नै विधि र प्रक्रिया रहेको हुँदा त्यस्ता गलत र भ्रामक प्रचार गर्ने ब्यक्तिहरुको पछि नलाग्न आग्रह गर्दै पन्तले त्यस्ता गलत , भ्रामक र कपोल कल्पित अफवाह फैलाए त्यस्ता ब्यक्तिहरुलाई पार्टी बिधान बमोजिम कार्बाही गरिने चेतावनी दिएका छन् ।

Related posts

मुख्यमन्त्रीका दाबेदार काँग्रेसका क्षेत्री भन्छन् : पार्टी नेतृत्व मेरो पक्षमा सकरात्मक छ

MadhesKhabar

देश जलाउनेहरुका बारेमा जनताले यहि चुनावमा इन्साफ गर्नेछन् : पूर्वमन्त्री अजय चौरसिया

MadhesKhabar

प्रदीप गिरिको स्मृतिमा काठमाडौंदेखि काशीसम्म यात्रा गरिने

MadhesKhabar

Leave a Comment