वीरगन्ज,११असोज:पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ र ८ मा रहेका दुई सामुदायिक विद्यालयलाई उपकार सेवा नेपालले ५ थान पंखा प्रदान गरेको छ।
विद्यार्थीको सहज अध्ययन तथा पठनपाठनका लागि वडा नम्बर ६ सिर्सियास्थित दलित उत्थान प्राथमिक विद्यालय र वडा नम्बर ८ बैरियावीर्तास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा उक्त संस्थाले पंखा उपलब्ध गराएको हो।
आइतबार आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पदमा देवी सरावगी र समाजसेवी प्रकाश थारुले प्रधानाध्यापकद्वय विजय पटेल र रामअयोध्या रौनियारले पंखा प्रदान गरेका हुन्।
कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले गर्मी मौसममा विद्यार्थीहरूले सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयलाई पंखा सहयोग गरिएको बताए।

