Madhes Khabar
शिक्षा

वीरगन्जको एन्जल वर्ल्ड स्कूलद्वारा बाढीपीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगन्ज,४ असोजः रसुवा बाढीबाट पीडित तथा प्रभावित परिवारहरुको राहतका लागि वीरगन्ज्को एन्जल वर्ल्ड स्कूलले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त विद्यालयका विद्यार्थी, कर्मचारी र विद्यालय व्यवस्थापनको तर्फबाट गरी कूल १ लाख १ हजार रुपैयाँ सहयोग गरिएको हो ।

नेशनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा एन्जल वर्ल्ड स्कूलका विद्यार्थी, शिक्षक तथा स्कुलको तर्फबाट संकलित उक्त रकम बराबरको चेक राष्ट्रिय अध्यक्ष गीता राणालाई हस्तान्तरण गरिएको नेशनल प्याब्सनका पर्सा जिल्ला अध्यक्ष राम श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त रकम दैवी प्रकोप प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि एन्जल वर्ल्ड स्कुल परिवारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको उनले बताए।

 

Related posts

वीरगन्ज महानगर र महासंघबिच पाँच बुँदे सहमति भएसंगै शिक्षक सरुवाको विवाद साम्य

MadhesKhabar

अस्थायी र करारका शिक्षकहरु तत्काल जागीरबाट नहट्ने

MadhesKhabar

सरकारी विद्यालयमा कार्यक्रमका लागि विद्यार्थीबाट रकम नउठाउन वडाध्यक्ष कानुको निर्देशन

MadhesKhabar

Leave a Comment