Madhes Khabar
स्थानिय हेडलाइन

बाराकाे सिमरामा दिनदहाडै चक्कुले घाँटी रेटेर एक युवकको हत्या

बारा,३असाेज:बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडको एक होटेलमा आज(शनिबार) दिनदहाडै चक्कुले घाटी रेटेर एक जनाको हत्या गरिएको छ ।

सिमरास्थित जगदम्बा स्टिल उद्योग नजिकैकाे सम्झना स्टाफ होटेलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको हत्या गरिएको हो ।खड्कालाई हत्या गर्नेको नाम खुल्न सकेको छैन । होटलमा बसिरहेका बेला खड्कामाथी एक युवकले चक्कुले रेटेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

 

चक्कुले घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगन्ज पुर्‍याइएपनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक(डीएसपी) दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । उनले घटनामा संलग्नहरू फरार रहेकोे जानकारी दिए ।

खाजा खान आएका समूहबीच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जमा पत्रकारहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न स्थानीय प्रशासनसंग पत्रकार महासंघको माग

MadhesKhabar

बारामा मोटरसाइकल दुर्घटनामा वडाध्यक्षका छोरासहित दुई जनाको मृत्यु

MadhesKhabar

नयाँ सरकार बनेकै दिन बढ्याे पेट्रोलियम पदार्थको मूल्य

MadhesKhabar

Leave a Comment