Madhes Khabar
मधेस प्रदेश

सिर्सियामा दुईवटा माेटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

सर्लाही,३१भदाैं:सर्लाहीको सिर्सियामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलंगवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश ०३– ०३३ प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मंगलबार साँझ ठोक्किएको थियो।

दुर्घटनामा मधेस प्रदेश ०३– ०३३ प ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र बिआर ३० एपी १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी नायब वेदप्रकाश गौतमका अनुसार दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते पनि भएका छन्।

Related posts

रौतहटको मौलापुरकी मेयर साहलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश

MadhesKhabar

साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री राउतले हस्ताक्षर गरेको कागजात गायब

MadhesKhabar

राैतहटमा बसकाे ठक्करबाट पति-पत्निकाे मृत्युु

MadhesKhabar

Leave a Comment