Madhes Khabar
शिक्षा

वीरगन्जको नेपाल कावेरी एकेडेमीमा बालबालिकाले हजुराबुवा र हजुरआमासंगै मनाए ग्रान्डप्यारेन्ट्स डे

वीरगन्ज,२८ भदौं :वीरगन्जस्थित नेपाल कावेरी एकेडेमीले प्रि–प्राइमरी तहका विद्यार्थी र उनीहरूका हजुरबुबा–हजुरआमाबीचको आत्मीय सम्बन्धलाई अझ सुमधुर बनाउने उदेश्यले ग्रान्डप्यारेन्ट्स डे भव्य रूपमा मनाएको छ।

कार्यक्रममा बालबालिकाले हजुरबुबा–हजुरआमालाई समर्पित गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै पुस्ताबीचको माया, आत्मीयता र सम्बन्ध झल्काउने नाटक प्रस्तुत गरेका थिए। हजुरबुबा–हजुरआमा तथा बालबालिकाबीच विभिन्न मनोरञ्जनात्मक खेल र अन्तरक्रियात्मक गतिविधिसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रमले बालबालिकाको जीवनमा हजुरबुबा–हजुरआमाको महत्वपूर्ण भूमिकालाई उजागर गरेको थियो। विद्यालयले प्रदान गर्ने शैक्षिक ज्ञानसँगै हजुरबुबा–हजुरआमाबाट बालबालिकाले संस्कार, परम्परा, जीवनका अनुभव र मूल्य–मान्यता सिक्ने भएकाले पुस्ताबीचको सम्बन्ध अझ मजबुत बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विद्यालयको भनाइ छ।

विद्यालयकी प्रबन्ध निर्देशक आयुषी तुल्स्यानका हजुरबुबा जगदीश प्रसाद तुल्स्यान र हजुरआमा शारदा देवीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक दिलीप कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन सहायक प्रधानाध्यापक प्रफुल्ल सर्राफले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम तथा नृत्यको कोरियोग्राफी नृत्य शिक्षक जय कुमार रजकले गरेका थिए।

Related posts

गर्मी बढ्दै गएपछि वीरगन्ज महानगरका विद्यालयहरुमा २ दिन विदा

MadhesKhabar

गुरु पूर्णिमाको अवसरमा वीरगन्जको शारदा माविका छात्राहरुलाई कपडा वितरण

MadhesKhabar

कांग्रेस युवा नेता यादवको पहलमा डकैलाको विद्यालयका १०० विद्यार्थीलाई स्कूल ब्याग वितरण

MadhesKhabar

Leave a Comment