वीरगन्ज,२६असारःगुरु पुर्णिमाको अवसरमा नेशनल एकेडेमी कलेजले वीरगन्ज–२४ बहुअरस्थित शारदा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई नयाँ कपडा वितरण गरेको छ । बिहीबार विद्यालयमै आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनरत ६० जना छात्राहरुलाई कपडा वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी शैक्षिक शहिद स्व. मुकुन्द खनाल स्मृति प्रतिष्ठानका संरक्षक एंव अधिवक्ता प्रकाश उपाध्यायले छात्राहरुलाई कपडा वितरण गरेका हुन् ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल,ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा नेशनल एकेडेमीका सञ्चालक केदार साह,विद्यालयका शिक्षक शिक्षिकाहरु ल्गायतकोपनि उपस्थिती थियो ।

