Madhes Khabar
स्थानिय

बाराको बकुलियाबाट एकै परिवारका ३ जना बालबालिका सम्पर्कविहिन

बारा,२८ भदौं ःबाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट आइतबार बिहान एकै परिवारका तीन जना बालबालिका सम्पर्कविहिन भएका छन् । भारत स्थायी घर भई हाल बकुलियामा बस्दै आएका मुकेश पासवानका ५, ७ र १० वर्षका तीन जना छोराछोरी बिहान ५ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।

बेखबर हुनेमा पासवानका १० वर्षकी छोरी काजल, सात वर्षकी छोरी सुन्दरी र पाँच वर्षका छोरा धिरज रहेका छन् । उनीहरु बिहानै घरबाट निस्किएदेखि दिउँसो ३ बजेसम्म सम्पर्कमा आएका छैनन् ।

तीन छोराछोरी अचानक बेपत्ता भएपछि परिवारले खोजीका लागि प्रहरीलाई निवेदन दिएको छ । बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले तीनै जना बालबालिकाको खोजी थालिएको बताए ।

प्रहरीले बालबालिकाको खोजीका लागि तस्वीर र हुलियासहित विभिन्न प्रहरी कार्यालयमा खबर गरेको छ । जीतपुरस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोली बालबालिकाको खोजीमा परिचालन गरिएको छ ।

 

Related posts

सवारी दुर्घटना न्युनिकरणका लागि वीरगन्ज १० का ६ स्थानमा लगाइयाे स्पिड ब्रेकर

MadhesKhabar

ठोरीमा महिलाहरुलाई आत्मनिर्भर बनाउन ६ महिने सिलाईकटाई तालिम सञ्चालन

MadhesKhabar

मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना हटाउन वीरगन्ज महानगरकाे १५ दिने अल्टिमेटम 

MadhesKhabar

Leave a Comment