वीरगन्ज,२६भदाैं:नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव वीरगन्ज आएका छन्। उनी शुक्रबार दिउँसो साढे १ बजे वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइ पुगेका हुन् ।
राजदूत श्रीवास्तव शुक्रबार मध्यान्ह काठमाडौंबाट बुद्ध एयरको उडान नम्बर ५५३ मा सिमरा हुँदै वीरगन्ज आएका हुन् । भारतीय राजदूत श्रीवास्तवको वीरगन्ज भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा सीमावर्ती क्षेत्रका विषयमा हुने छलफलका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
भारतको रक्सौलसँग जोडिएको वीरगन्ज नेपाल–भारतबीचको प्रमुख व्यापारिक नाकासमेत हो । उनको वीरगन्ज भ्रमणको विस्तृत कार्यक्रम र भेटघाटबारे दूतावास तथा नेपाल सरकार दुबै पक्षबाट औपचारिक विवरण सार्वजनिक भने गरिएको छैन ।साभार:जनआस्था ।

