Madhes Khabar
राष्ट्रिय हेडलाइन

आज जेनजी शहीद दिवस,सरकारले दियाे देशभरि सार्वजनिक बिदा

काठमाडौं,२३भदाैं: जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज (मंगलबार)देशभरि सार्वजनिक बिदा दिएको छ।

१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो ।

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

Related posts

रवि सांसदबाट पदमुक्त भएपछि अब चितवन-२ मा उपनिर्वाचन हुने

MadhesKhabar

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा दलित सशक्तीकरण ऐन निर्माणका लागि बुझाइयो मस्यौदा

MadhesKhabar

जनयुद्धकालदेखि नै माओवादीमा आबद्द पर्साका नेताहरुले छाडे प्रचण्डको साथ

MadhesKhabar

Leave a Comment