Madhes Khabar
समाचार

बारामा कुखुरा बोक्ने पिकअप गाडी पल्टिदाँ वीरगन्जका एक युवकको मृत्यु

तस्बिर : अन्नपूर्णपोष्ट

बारा,२२ भदौं :वीरगन्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान कुखुरा बोक्ने पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अन्सारी रहेका छन् ।

पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना५च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिमा रहेको उक्त गाडी सडकको बीचमा रहेको डिभाइरमा ठोक्किँदै अर्को लेनमा पुगेर पल्टिएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा चालक अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी गाडीका सहचालक बाराको विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

वीरगन्जको कार्यपालिका सदस्यको निर्वाचनमा जसपाका तीन जनप्रतिनिधी अनुपस्थित

MadhesKhabar

बर्दिबासमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते

MadhesKhabar

गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

MadhesKhabar

Leave a Comment