Madhes Khabar
वाग्मती प्रदेश

सडकमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवक पक्राउ

काठमाडौँ,२०भदाैं:काठमाडौंकाे ठमेलमा एक युवतीलाई दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा परिचालन गरिएको संयुक्त टोलीले शालिन शाहलाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले शाहलाई प्रहरीले पक्राउ परेको पुष्टि गरे ।

पीडित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन् ।त्यही आधारमा प्रहरीले घटनामा संलग्न युवकको खोजी थालेको थियो ।

प्रहरीले खोजी गर्ने क्रममा शाहलाई कलङ्कीबाट पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार:नेपालप्रेस

Related posts

दुर्घटनामा घाइते उच्च अदालत वीरगन्जका न्यायाधीशसहित ४ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियाे

MadhesKhabar

नारायणी नदी र गण्डक नहरमा थप ४ शव भेटियो

MadhesKhabar

काठमाडौंमा पानीपुरी र चटपटेको बिक्रीमा रोक लगाउने तयारी

MadhesKhabar

Leave a Comment