काठमाडौं,१७भदाैं: नेपाली बजारमा आज (बुधबार)सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।
आज सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य चार हजार ५८० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ रुपैयाँ थियो ।

