Madhes Khabar
स्थानिय हेडलाइन

बाराबाट ११ वर्षीय बालककाे अपहरणपछि भारतमा लगेर हत्या, एक जना पक्राउ

जिप्रका बारा।

बारा,१६भदाैं: बाराबाट ११ वर्षीय नाबालकको अपहरणपछि भारतमा लगेर हत्या गरेको आरोपमा १७ वर्षीय एक किशाेर पक्राउ परेका छन् ।बाराकाे बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको हत्या आरोपमा बारा प्रहरीले एक किशोरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका किशाेर सोही ठाउँको भएपनि प्रहरीले नाम खुलाएको छैन । प्रहरीका अनुसार ती किशाेरले राजेशलाई भारतमा लगेर हत्या गरेका थिए । भदौ ९ गते घरबाट हराएका राजेशको शव भदौ ११ गते भारत बिहार मोतिहारी जिल्ला नुनयाडी पञ्चायत– १ स्थित सिंहा नदी किनारमा फेला परेको थियो ।

 

 

मृतक बालककी आमाले भारत पुगेर शवको पहिचान गरेकी थिइन् । राजेशको हत्यामा ती १७ वर्षीय किशाेरको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रवक्ता घलेका अनुसार अनुसन्धानका क्रममा संकलित सिसिटिभी फुटेज, स्थानीयको भनाइले घटनामा किशाेरको संलग्नता देखिएपछि पक्राउ गरिएको हो । पक्राउ गरिएका ती किशाेरलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको घलेले जानकारी दिए ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

बाराकाे बेनाैलीमा मेला लगाउने विषयमा झडप हुदाँ प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

MadhesKhabar

लालबन्दीबाट एक महिनामा १४ करोडको तरकारी निकासी

MadhesKhabar

सुनजस्तो देखिने धातुसहित बाराबाट २ जना पक्राउ

MadhesKhabar

Leave a Comment