Madhes Khabar
धर्म/संस्कृति

रसुवा बाढीमा बेपत्ता पर्साकाे रानीगन्जका पण्डितको कुशकाे आकृति बनाएर परिवारजनले गरे दाहसंस्कार

वीरगन्ज,१५भदाैं:भाटेकाेशीकाे बाढीपछि बेपत्ता भएका पर्साकाे पोखरिया नगरपालिका–७ रानिगन्जका सोनालाल पण्डित ६ दिन बितिसक्दा पनि फेला नपरेपछि परिवारजनले उनकाे कुश बनाएर हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

रसुवामा आएको बाढी–पहिरोका क्रममा बेपत्ता भएका पण्डितको लामो समयसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले बाध्य भएर साेमबार कुशकाे प्रतीकात्मक आकृति बनाएर अन्तिम दाह संस्कार गरेका हुन्।

आफन्त तथा स्थानीयवासीको उपस्थितिमा गरिएको दाहसंस्कारका क्रममा परिवारजन भावुक बनेका थिए। बेपत्ता पण्डितको अवस्था अझै अज्ञात रहेकाले परिवार तथा स्थानीयवासीले खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Related posts

चैते दशैंको महाअष्टमीमा वीरगन्ज महानगरकाे कार्यालयमा गरियाे मौलाे पूजा

MadhesKhabar

पटेर्वा सुगौलीमा हात्ती र जिप सफारीसहित तीन दिने माघी तथा भाथा महोत्सव आजदेखि सुरु

MadhesKhabar

आजदेखि सुरु भयो तिहार, धनतेरस पनि आजै

MadhesKhabar

Leave a Comment