Madhes Khabar
राष्ट्रिय

रसुवाको बाढीपछि २ हजार ५०२ जना मानिस अझैपनि बेपत्ता,८ हजार ७३० जनाकाे उद्धार

काठमाडौं,१४ भदाैं:रसुवाकाे भाेटेकाेशीमा भदाैं १० गते आएको विनाशकारी बाढीपछि आज (आइतबार) बिहानसम्म अझै २ हजार ५०२ जना व्यक्ति बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका

प्राधिकरणका अनुसार बेपत्ता हुनेमा १८ वर्षमुनिका ६७६ जना बालबालिका र ६० वर्षभन्दा माथिका ४०९ जना ज्येष्ठ नागरिक समेत रहेका छन्।

बाढीपछि हालसम्म ८ हजार ७३० जनाकाे उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस्तै बाढीमा परेर हालसम्म ज्यान गुमाउनेको संख्या ७ सय ५२ पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आइतबार दिउँसो १ बजेसम्मको विवरण जारी गरेको छ । जसमा घाइतेको संख्या २ सय ३९ रहेको छ भने उद्धार गरिएका व्यक्तिको संख्या ८ हजार ७ सय ३० रहेको छ ।

Related posts

टिकटक आजैदेखि बन्द हुन्छ : सञ्‍चारमन्त्री शर्मा

MadhesKhabar

नागरिकता विधेयकलाइ अब रोक्न सकिदैन: गृहमन्त्री खाँण

MadhesKhabar

आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, अहिले बिहान ११ बजेदेखि उडान सुरु हुने

MadhesKhabar

Leave a Comment