चितवन,११ भदौं :रसुवाको बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुछ्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो दुईजना पक्राउ परेका हुन् । चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल चितवनको भरतपुर महानगरपालिका– १ लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका– ५ घर भई हाल भरतपुर–२ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् ।
उनीहरू दुवैजनालाई सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।साभारः नेपालप्रेस

