Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको माईस्थानमा यसवर्ष पनि भव्य रुपमा आयोजना हुदैं ‘गणेश चतुर्थी पूजा महोत्सव’

वीरगन्ज,६ भदौं : वीरगन्जको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थानस्थित गहवामाई मन्दिरु प्रांगणममा यस वर्षपनि आठौँ गणेश चतुर्थी पूजा महोत्सव भव्य रूपमा आयोजना गरिने भएको छ। माईस्थानन युवा क्लबले यसवर्षपनि गणेश पूजा महोत्सव आयोजन ागर्न लागिएको जनाएको छ ।

महोत्सवमा भक्तिमय भजनसन्ध्या, महाआरती तथा विभिन्न देवी–देवताका मनमोहक दिव्य झाँकी प्रस्तुत गरिने आयोजक क्लबले जनाएको छ।गणेश चतुर्थी पूजा महोत्सवलाई व्यवस्थित तथा भव्य रूपमा आयोजन ागर्नका लागि सागर सर्राफको अध्यक्षतामा गणेश पूजा आयोजना समिति गठन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्षमा सुभम पटेल, कोषाध्यक्षमा लखन गुप्ता, सचिवमा सुभास गुप्ता, सह–सचिवमा सुमित दास तथा पत्रकार संयोजकमा अभिलाष कुमार गुप्ता रहेका छन् ।त्यसैगरी सदस्यहरूमा विवेक ठाकुर, अनिश पटेल, विशाल कानू, सिद्त गुप्ता, रमेश पटेल, विशाल पटेल, धनञ्जय यादव, रोहित पटेल, सुदर्शन साह सोनार, अनुज शर्मा, सुमित पटेल, सन्दिप जयसवाल, प्रकाश झा र सुरज कुमार कानु रहेका छन् ।

महोत्सवको तयारीबारे जानकारी दिँदै क्लबका पूर्वअध्यक्ष राहुल रौनियारले यस वर्षको गणेश पूजा महोत्सवलाई थप आकर्षक, संगीतमय तथा ऐतिहासिक बनाउने तयारी भइरहेको बताए। महोत्सवलाई आध्यात्मिक तथा शास्त्रीय विधिअनुसार सम्पन्न गराउन सुरुदेखि नै धार्मिक मार्गदर्शन तथा आचार्यको भूमिका निर्वाह गर्दै आएका ‘ज्योतिष सम्राट’ डा. पुरुषोत्तम दुबेले यस वर्ष पनि मुख्य पण्डितको जिम्मेवारी सम्हाल्ने छन् ।

वीरगन्जवासीलाई भक्ति, श्रद्धा र उमङ्गको वातावरणमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा महाआरती, संगीतमय भजनसन्ध्या तथा विशेष दिव्य झाँकी मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

Related posts

वीरगन्जवासीकाे आक्राेश : राजधानी जनकपुर बनाउने मुख्यमन्त्री राउतलाई भाेट दिन्नाै

MadhesKhabar

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ : सूर्य भगवानलाई अर्घ दिइदैं

MadhesKhabar

सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

MadhesKhabar

Leave a Comment