Madhes Khabar
राजनीति

हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

काठमाडौं,१ भदौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारत र नेपालबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले भारत जान पनि भिसा सिस्टम बनाउनुपर्ने बताए।

उनले भने, ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ। सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन्।’

उनले खुला सीमाना हुँदा मानव बेचविखनसहित विभिन्न आपराधिक गतिविधि बढेको बताए।उनले भने, ‘दुनियाँमा कतै नभएको भारत र नेपालको सिमाना चाहिँ खुला हुनुपर्ने? यसलाई पनि हामीले बन्द गर्नुपर्छ, भिसा सिस्टम लागू गर्नुपर्छ। र रेकर्ड राख्नुपर्छ।’

Related posts

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजिनामा

MadhesKhabar

पर्सा–४ को कांग्रेस क्षेत्रीय सभापतिमा श्रीकान्त यादव सर्वसम्मत चयन

MadhesKhabar

पर्सा–३ मा रास्वपाको क्षेत्रीय सभापतिमा कुर्मी चयन

MadhesKhabar

Leave a Comment