Madhes Khabar
खेलकुद

अस्ट्रेलियालाई हराउँदै बंगलादेशले रच्यो इतिहास

काठमाडौं,३१ साउनःपहिलो टेस्टमा बंगलादेशले शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै इतिहास रचेको छ।

अस्ट्रेलियाको डार्विनमा भएको खेलमा दोस्रो इनिङमा अस्ट्रेलियाले दिएको ५७ रनको लक्ष्य बंगलादेशले मात्र एक विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो। यो जितसँगै बंगलादेशले पहिलोपटक अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियाली क्रिकेट टोलीलाई टेस्टमा पराजित गरेको छ।

यस खेलमा बंगलादेशले पहिलो इनिङमा ४२६ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाको टोली पहिलो इनिङमा १९८ रन र दोस्रो इनिङमा २८४ रनमा अलआउट भएको थियो।

बंगलादेशको जितमा तीव्र गतिका बलर हसन महमुदले महत्वपूर्ण भूमिका खेले। उनले खेलमा कुल ९ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो।

५७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशका लागि शदमान इस्लामले २५ रन तथा मोमिनुल हकले ३० रन बनाए। त्यस्तै, ताजिद हसन तमीम भने खाता नखोल्दै आउट भए।

Related posts

वीरगन्ज गोल्डकप : संकटालाई स्तब्ध पार्दै सिरहा सेमिफाइनलमा

MadhesKhabar

परवानीपुर गोल्डकप फुटबल :वीरगन्ज युनाइटेड क्लब विजयी

MadhesKhabar

गृहनगरमा आरिफ र आसिफलाई वीरगन्ज महानगरको भव्य स्वागत र सम्मान

MadhesKhabar

Leave a Comment