वीरगन्ज,२३साउनःवीरगन्जमा शनिबार आयोजित ररुक्तदान कार्यक्रममा ५८ जनाले रगत दान गरेका छन् । राउन्ड टेबल नेपाल वीरगन्ज र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रगत दान गरेका हुन् ।
घण्टाघर चोकमा स्थित स्व. बाबा रामजन्म तिवारीको शालिक परिसरमा आयोजित उक्त कार्यक्रममा देवनाथ राय,सगुन कुमार सिंह ,अफरोज अन्सारी ,कृष्ण मोहन यादव,सन्जोग थापा,शक्ति श्रेष्ठ ,सहिम राउत गद्दी ,राहुल महतो लगायतका रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
राउन्ड टेबल नेपाल वीरगन्जका अध्ध्यक्ष सुमित मित्तल र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका रामविनय यादवको संयुक्त अध्यक्षतामा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई,वीरगन्ज रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल,समाजसेवी राजेन्द्र भट्टराई लगायतकाको पनि सहभागिता रहेको थियो ।

