वीरगन्ज,२०साउन:विश्व स्तनपान सप्ताह दिवसकाे अवसरमा वीरगन्जको नारायणी अस्पतालमा बुधबार जनचेतनामूलक कार्यक्रम गरिएको छ।अस्पतालमै बुधबार अस्पतालमा कार्यरत नर्सहरुले शीशुलाई आमाले गराउने स्तनपानकाे महत्व र तरिका बारे सन्देशमुलक नाटक प्रदर्शन गरेका हुन्।
नारायणी अस्पतालको स्त्री तथा प्रसूति वार्ड र बालरोग विभागका स्वास्थ्यकर्मीहरूले सुरक्षित, सही र समयमै स्तनपानको महत्वबारे सन्देशमुलक अभिनय गरेर देखाएका थिए।
उक्त अवसरमा बिरामी र कुरुवाहररुमा स्वास्थ्यकर्मीहरुले अभिनय गर्दै शीशु जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने, पहिलो ६ महिनासम्म केवल आमाको दूध खुवाउने तथा २ वर्ष वा त्यसभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिने सन्देश प्रवाह गरेका थिए।


