Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा पहिलाे दिन महावीर पुनले बेचे २३५ थान किताब

वीरगन्ज,२०भदाैं:राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनकाे आत्मकथा लेखिएको किताब वीरगन्जमा पहिलाे दिन २३५ थान बिक्री भएकाे छ।

दुई दशकदेखि बन्द वीरगन्ज कृषि ओैजार कारखाना पुन सञ्चालनका लागि आवश्यक रकम सरकारले सम्झाैता गरेरपनि नदिएपछि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफैंले लेखेकाे किताब बिक्री गरेर उक्त रकम जुटाइ रहेका छन् ।

किताब बेच्न देश दाैडाहामा रहेका पुन बिहीबार बिहान वीरगन्जमा आएका हुन्।वीरगन्जमा पहिलाे दिन बिहीबार २३५ थान किताब बिक्री भएकाे अध्यक्ष पुनले जानकारी दिए।त्यसबापत १ लाख ७६ हजार २५० रुपैयाँ जम्मा भएको उनले बताए ।

बिहान ८ देखि दिउँसो १२ बजेसम्म र साँझ ६.३० देखि ७.३० बजेसम्म घणटघर चाेकमा तथा दिउँसो केही विद्यालयमा पुगेर किताब बेचेकाे पुनका सहयोगी हीरा पुनले जानकारी दिए।

शुक्रबार बिहान फेरि केही विद्यालयमा पुग्ने र त्यसपछि माईस्थान लगायतका चाेकमा किताब बिक्री गर्ने याेजना रहेकाे अध्यक्ष पुनले बताए ।वीरगन्ज र आसपासका क्षेत्रमा किताबकाे माग भएसम्म आफू रहने बताउँदै अध्यक्ष पुनले भने,`किताब बेच्न म जहाँपनि जान तयार छु।स्थानीयले जहाँ जहाँ बाेलाउछन् म त्यहाँ त्यहाँ पुग्छु।आवश्यक पर्याे भने वीरगन्जमा म १ महिनासम्म बस्न तयार छु।´

यता वीरगन्जका सचेत युवाहरुकाे समुह पुनकाे किताब वीरगन्जमा धेरैभन्दा धेरै बिक्री गराउनका लागि तयारीमा जुटेकाे छ। राजन राैनियार,श्याम सर्राफ लगायतका यसवाहरुकाे समुहले वीरगन्जमा रहेका विभिन्न पेशा सम्बद्ध संघसंस्था र कार्यालयमै अध्यक्ष पुनलाई लगेर किताब बिक्री गराउने याेजना बनाएकाे छ।

त्यसका लागि शुक्रबार बिहानैदेखि ती संघसंस्था र कार्यालयका सम्बन्धित पदाधिकारी र अगुवाहरुसंग सम्पर्क गरिने समुहका राजन श्रीवास्तवले जानकारी दिए।

महावीर पुनकाे किताब अहिलेसम्म रुपन्देही जिल्लामा सबै भन्दा बढी १७ हजार थान बिक्री भएकाे छ । वीरगन्जमा त्याे भन्दा बढी थान किताब बिक्री हाेस् भन्ने आँफुहरुकाे चाहना रहेकाे र त्यसका लागि आँफुहरु अहाेरात्र लाग्ने उनले बताए ।

Related posts

उपमेयर आलमले मन्त्री यादवलाई भेटर वीरगन्जको विकास लागि मागे सहयोग

MadhesKhabar

उपेन्द्र यादव भन्छन् : बारा–२ मा चुनाव लड्ने निर्णय मैले गरिसकेको छैन

MadhesKhabar

वीरगन्जका नीजी विधालयको शुल्क निर्धारणका लागि महानगरद्धारा काम शुरु

MadhesKhabar

Leave a Comment