काठमाडौं,१८ साउन:भक्तपुर जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
साेमबार जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले प्रसाईँलाई म्याद थप नगरी रिहा गर्न आदेश दिएको हो ।
अदालतका तहसिलदार दलबहादुर बजिमयँले प्रसाईंलाई म्याद थप गरेर अनुसन्धान अघि बढाउन प्रहरीले गरेको माग अस्वीकार गर्दै रिहा गर्न आदेश भएको बताए।
प्रसाईंलाई आइतबार राति प्रहरीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरस्थित घरबाटै पक्राउ गरिएका उनीमाथि सामाजिक सद्भाव भड्काएको आरोप लगाएको थियो।
प्रसाईँले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका थिए ।

