वीरगन्ज,१५साउन:वीरगन्जमा शुक्रबार सद्भाव -याली निकालिए लगत्तै त्यसको विराेधमा हिन्दुवादी युवाहरुले प्रदर्शन गरेका छन्।
शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भाेला दाहालकाे अगुवाई सर्वदलीय-सरणवपक्षीय बैठक बसेकाे थियाे ।पर्सा का सांसद हरि पन्त,पर्सा-२ का सांसद सुशील कानु, वीरगन्ज महानगरका कार्यवाहक मेयर कार्यवाहक मेयर इम्तियाज आलम लगायत सहभागी उक्त बैठकले वीरगन्जमा धार्मिक र साम्प्रदायिक हिंसा भड्किन नदिन सद्भाव -याली निकाल्ने निर्णय गरेकाे थियाे।
उक्त निर्णय अनुसार, जिल्ला प्रशासन कार्यालयकै परिसरबाट सद्भाव -याली निकालेकाे थियाे।सद्भाव -याली घण्टाघर चाेकमा पुगेर समापन भएको थियाे।
उक्त सद्भाव -याली समापन भएलगत्तै घण्टाघर चाेकमा पुगेर हिन्दुवादी विभिन्न संघसंगठनका अगुवासहितका युवाहरुले सद्भाव -यालीकाे विराेधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।त्यसक्रममा उनिहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच घम्साघम्सी पनि भएको थियाे।
हिन्दु युवाहरु मारिएको घटनाकाे विराेधमा आन्दोलनरत हिन्दुवादी संघसंगठनलाई खबर नदिइ निकालिएको सद्भाव -यालीकाे कुनै तुक नभएकोले विराेध गरिएको हिन्दुवादी युवा रन्जन सि०ह राजपुतले बताए।गाेली हानेर ३ जना युवाकाे हत्या र दर्जनौं युवाहरुलाई घाइते बनाउँदापनि हिन्दुकाे पक्षमा चुइक्क बाेल्न नसकेका राजनीति दलका नेता र सांसदहरुलाई मात्र बाेलाएर निकालिएको सद्भाव -यालि नाटक मात्रै भएको उनले बताए ।
सिंहले सुनसरी र सिरहामा हिन्दुमाथि गरिएको नरसंहारकाे घटनालाई सामसुम पार्न सरकारका मन्त्रीहरुले पीडित पक्षसगँ झुठाे सम्झाैता गरेकाले त्याे सम्झाैता मान्य नभएको बताए ।उनले आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिए।

