Madhes Khabar
स्थानिय हेडलाइन

गाँउपालिका अध्यक्ष र उपाध्यक्ष हराएकाे भन्दै बारामा युवाहरुकाे प्रदर्शन

बारा,१कार्तिक:बाराकाे आदर्श काेतवाल गाँउपालिका वडा नम्बर ४ हरनैया चाेकमा युवाहरुले गाँउपालिका अध्यक्ष र उपाध्यक्ष हराएकाे भन्दै प्रदर्शन गरेका छन्।विभिन्न १४ बुँदे माग गर्दै ५ दिनदेखि आन्दोलनरत युवाहरुले शनिबार भने `गाँउपालिका अध्यक्ष र उपाध्यक्ष हराएकाे सुचना´ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन्।

 

प्रदर्शनको क्रममा युवाहरुले ५ दिनदेखि सम्पर्कविहीन भएका अध्यक्ष र उपाध्यक्षलाई खोजी दिनु पर्याे भन्दै नाराबाजीपनि गरेका थिए।सम्पर्कविहीन भएका जनप्रतिनिधिलाई हराएको भन्दै युवाहरुले कहिकतै फेला परे गाउँपालिका कार्यालयमा पुर्याइदिन वा बाटो देखाइदिन आग्रह गरेका पनि थिए।

 

गाउँपालिका कार्यालयमा ५ दिनदेखि युवाहरुले तालाबन्दी गरेका कारण कार्यालयको कामकाज ठप्प छ।

Related posts

आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा देशकै ऐतिहासिक जिल्ला हाे : देउवा

MadhesKhabar

नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द रहेको एमआरआई सेवा आजदेखि फेरि सुरु

MadhesKhabar

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले बढाए चुनावी सकृयता

MadhesKhabar

Leave a Comment