Madhes Khabar
समाचार हेडलाइन

पर्साको मिर्जापुरमा आँपको बगैंचाबाट १ सय ४० केजी गाँजा बरामद

वीरगन्ज,१० साउनः पर्साको ग्रामीण भेगमा रहेको आँपको बगैंचामा लुकाएर राखिएको ठूलो परिमाणमा रहेको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरस्थित आँपको बगैंचामा लुकाएर राखिएको १३ वटा पोकामा रहेको १ सय ४० केजी गाजाँ प्रहरीले शनिबार राति बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा शनिबार राति ईलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बोर्ड आउट पोष्ट मिर्जापुरबाट खटिएको प्रहरीको टोलीले आँपको बगैंचामा पुगेर खानतलासी गरेको थियो । त्यसक्रममा बगैंचाको झाडीभित्र लुकाएर राखिएको अवस्थामा १ सय ४० केजी गाँजा बरामद गरेको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गाँजा कस्ले र किन राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्र मल्लले जानकारी दिए ।

Related posts

वीरगन्ज महानगरको बजेटमा संशोधन :मेयर सिंहले विशेष नगरसभा गरेर ल्याए नयाँ बजेट

MadhesKhabar

वीरगन्जका ३ वटा वडामा चार वर्षदेखि अवरुद्ध पानीकाे निकास खुलाइयो

MadhesKhabar

वीरगन्जको मेयर वा वडाध्यक्षको उम्मेदवार हुँ भन्दै प्रचार प्रसार नगर्न रास्वपा पर्साको निर्देशन

MadhesKhabar

Leave a Comment