Madhes Khabar
खेलकुद

एनपीएल अक्सन : आसिफ शेखलाई लुम्बिनी लायन्सले २० लाखमा किन्याे

काठमाडौं,२२ असार :नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा पुगेका हुन् । उनीमाथि उनकै पूर्वटोली जनकपुर बोल्ट्ससहित ७ टोलीले बोली लगाएका थिए । चितवन राइनोजले मात्र बोली लगाएको थिएन ।

क्याटेगोरी ए का खेलाडी आसिफ बेस मूल्य १५ लाखबाट सुरु भएर अधिकतम २० लाखसम्म पुग्दा ७ टोलीको बोली लागेपछि लक्की ड्र मा डिफेन्डिङ च्याम्पियन लुम्बिनी भाग्यमानी साबित भयो ।

आसिफले एनपीएलकाे सुरुवाती दुई संस्करणमा जनकपुर बाेल्ट्सको मार्की खेलाडीको रूपमा खेलेका थिए ।

Related posts

टी-२० विश्वकप: सुपर ओभरमा नामिबिया विजयी

MadhesKhabar

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

MadhesKhabar

सिरहालाई हराउँदै मछिन्द्र क्लब जीतवुरसिमरा गाेल्डकपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment