Madhes Khabar
समाचार

परवानीपुरमा पनि भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

बारा, ९ असार :१२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बाराको परवानीपुर गाउँपालिकामा पनि मंगलबा। योग शिविर सम्पन्न भएको छ।

चैनपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चैनपुरको परिसरमा रहेको मन्दिरको प्रांगणमा परवानीपुर गाउँपालिकाको सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सम्पन्न शिविरमा गाँउपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यार्थी लगायतकाले भाग लिएका थिए ।

योग शिविरमा सहभागीहरुलाई नागरिक आरोग्य सेवा केन्द्रकी प्रमुख वैद्य नीलम कुमारीले योगासन तथा योग अभ्यासबारे प्रशिक्षण दिएकी थिइन् । शिविरमा विद्यार्थीहरुले विभिन्न योगासनका बारेमा आफ्नो कलापनि प्रदर्शन गरेका थिए ।

निलम कुमारीकै अध्यक्षता तथा भारतीय महावाणिज्य दूतावासका महनावाणिज्यदूत डीएस मीनाको प्रमुख आतिथ्यतामा आयोजित योग शिविरमा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी , वडा नम्बर ४ का वडाध्यक्ष गम्भीरा राउत कुर्मी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, स्वास्थ्य शाखा प्रमुख मनिष मिश्रा, विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी, लगायतकाको पनि सहभागिता रहेको थियो।

 

Related posts

भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको नयाँ कार्यसमिति चयन,अध्यक्षमा चौरसिया

MadhesKhabar

वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

MadhesKhabar

पर्साको जमुनिया खोलाबाट गिट्टी र बालुवा तस्करी गर्ने दुई वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment