वीरगन्ज,९असार:विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान लियाेनल मेस्सीले तोडेको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको छ।
अमेरिकाको डालास रंगशालामा ७० हजारभन्दा बढी दर्शकमाझ भएको समूह ‘जे’ को रोमान्चक खेलमा मेस्सीले दुई गोल गर्दै विश्वकपमा नयाँ इतिहास रचेका हुन्।जितसंगै साविक विजेता अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेकोे छ।जारी विश्वकपमा उसकाे याे लगातार दाेस्राे जित पनि हाे।
अर्जेन्टिनाको जितमा दुई वटै गाेल कप्तान मेस्सीले गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्काे गोल गर्दै मेस्सीले २–० को जित दिलाए ।
अष्ट्रियाविरुधकाे खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले विश्वकपमा १८ गोल गरिसकेको छन् ।
समूह ‘जे’ मा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । अष्ट्रिया २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ । समान एक खेल खेलेका जोर्डन र अल्जेरिया अंकविहीन छन् ।

