वीरगन्ज,८ असारःवीरगन्ज–१० स्थित रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा अध्यननरत विद्यार्थीहरुलाई जुत्ता वितरण गरिएको छ ।वडा नम्बर १० को वडा कार्यालयले उक्त विद्याल्यमा कक्षा १ देखि १० सम्ममा अध्ययनरत ४सय ५० जना छात्र–छात्राहरुलाई एक एक जोर जुत्ता वितरण गरेको हो ।
सोमबार विद्यालयमै आयोजित कार्यक्रममा वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैसी लगायतले विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको वडा नम्बर १० को वडा कार्यालयका सचिव पवन प्रधानले जानकारी दिए ।
कार्यवाहक वडाध्यक्ष जैसीकै अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य मिश्रा देवी नगरकोटी, विद्यालयका प्रधानाध्यापक मनोज चौहान, घडिअर्वा स्पोटर्स क्लबका अध्यक्ष सन्तोष साह कानु, वडा कार्यालयका सचिव पवन प्रधान , शम्भु साह कानु, शिवनारायण साह , विद्यालयका शिक्षक र शिक्षिका, अभिभावक लगायतकाकोपनि सहभागिता रहेको थियो ।


