Madhes Khabar
राष्ट्रिय

जेनजी आन्दोलनका शहिद परिवारका १६ जनालाई सरकारले विद्युत प्राधिकरणमा दियाे जागिर

काठमाडौँ,३असार:नेपाल विद्युत् प्राधिकरणमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका १६ सदस्यले करार सेवामा रोजगारी पाएका छन्। शहीद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले पहिलो चरणमा १६ जनालाई करारमा नियुक्त गर्दै रोजगारी दिएको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत तथा रोजगारी उपलब्ध गराउने सरकारको निर्णयअनुसार नियुक्ति गरिएको हो। सरकार र आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौताअनुसार पहिलो चरणमा उनीहरूलाई शैक्षिक योग्यताका आधारमा प्राधिकरणका विभिन्न कार्यालयमा नियुक्त गरिएको हो।

प्राप्त निवेदन र शैक्षिक योग्यताको मूल्याङ्कनपछि उनीहरूलाई पायक पर्ने कार्यालयमा नियुक्त गरिएको छ। प्राधिकरणले शहीद परिवारका सदस्यलाई बढीमा तीन तहसम्मको पदमा करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

Laxmi sunrise bank
प्रारम्भिक चरणमा प्राप्त २७ वटा निवेदनमध्ये आवश्यक प्रक्रिया पूरा गरेका १६ जनाले नियुक्ति दिएको प्राधिकरणले जनाएको छ। बाँकी निवेदनमाथि आवश्यक प्रक्रिया जारी छ।साभार:राताेपाटी

Related posts

सुशासन र समृद्धिकाे संकल्प लिएर सरकारले काम गरिरहेको छ: गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

ओली र लेखकलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतबाट ५ दिनकाे म्याद थप

MadhesKhabar

उम्मेदवारले चुनावी खर्चका लागि व्यक्ति तोक्नुपर्ने, बैंक खाता पनि खोल्नुपर्ने

MadhesKhabar

Leave a Comment