Madhes Khabar
स्थानिय

बारामा छतबाट खस्दा एक जनाकाे मृत्यु

सांकेतिक फोटो ।

बारा,२असार: बाराको कोल्हवी नगरपालिका ३ जुगुवा टोलमा घरको छतबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान उनी आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए । चौधरीको टाउको र मुखमा गम्भीर चोट लागेको थियो ।

उनलाई तत्काल उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि चौधरीलाई परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको र उपचारका क्रममा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

Related posts

वीरगन्जमा पत्रकारहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न स्थानीय प्रशासनसंग पत्रकार महासंघको माग

MadhesKhabar

गोतामे पत्रकारिता स्वर्ण पदकबाट धनुषाकी पत्रकार मनिका झा पुरस्कृत

MadhesKhabar

पर्सामा फेरि सुरु भयो लागू औषध गाँजाको खेती

MadhesKhabar

Leave a Comment