Madhes Khabar
समाचार

सेफ सन्ताेष साह जनकपुरबाट पक्राउ

काठमाडौं,३०जेठ: सेफ सन्तोष साह पक्राउ परेका छन् ।नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टाेलीले उनलाई जनकपुरकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।

शुक्रबार राति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

शकुन्तला अधिकारी (थापा)ले दिएको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि दुवै जनालाई पक्राउ गरिएको हो ।

उनलाई बैंकिङ तथा ठगी कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

काठमाडौंकाे गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाखमा खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

Related posts

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

MadhesKhabar

पर्सा,बारासहित मधेसका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

MadhesKhabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी घोषणापत्र सार्वजनिक

MadhesKhabar

Leave a Comment