Madhes Khabar
राजनीति

जसपा नेपाल विभाजन विवादमा उपेन्द्र यादवकाे पक्षमा सर्वोच्च अदालतले सुनायाे फैसला

काठमाडौ,२१बैशाख: सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन विवादमा उपेन्द्र यादवको पक्षमा फैसला सुनाएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिक हुने गरी रिट जारी हुने निर्णय सुनाएको हो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वाेच्च अदालतले अशोक राई पक्षले दल विभाजनका लागि दिएको निवेदन दर्ता गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी ठहर गरेको छ । फैसलाको पूर्णपाठ भने सार्वजनिक भएको छैन । फैसलाको पूर्णपाठपछि राईहरुको हकमा निर्वाचन आयोगले पुन: निर्णय गर्नुपर्ने छ ।

Related posts

पर्सामा पनि नेपाल संघीय समाजवादी पार्टीको जिल्ला कार्यसमिति गठन

MadhesKhabar

चौरसियालाई जिताउन पर्सागढीको मेयरका प्रत्याशी मानन्धरसहितका नेताहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

नवनियुक्त ऊर्जामन्त्री कुलमानकाे पहिलाे निर्णय: डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने

MadhesKhabar

Leave a Comment