Madhes Khabar
स्वास्थ्य

बाराकाे काेल्हबीमा नेशनल मेडिकल कलेजले आयाेजना गरेकाे शिविरबाट ३६६ जना लाभान्वित

वीरगन्ज,२१ जेठ: बाराकाे कोल्हबीमा वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर आयाेजना गरिएको छ।काेल्हबी नगरपालिकाकाे आयाेजनामा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबार आयाेजित निःशुल्क स्वास्थ्य शिविरबाट ३६६ जना लाभान्वित भएका छन्।

 

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग र छाला रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। शिविरबाट कुल ३६६ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेकाे नेशनल मेडिकल कलेजले जनाएको छ।


शिविरमा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी, डा. बनारसी लाल कसारी, डा. सन्तोष झा,स्त्री तथा प्रसूति रोग विशेषज्ञ , डा. ओमप्रकाश अर्थोपेडिक विशेषज्ञ तथा डा. नीलमणि प्रियदर्शी छाला रोग विशेषज्ञ, कलेजका प्रेस सलाहकार आशिक अन्सारी लगायतको सक्रिय सहभागिता रहेको थियो।

त्यसै अवसरमा कोल्हबी नगरपालिका र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि गरिएको छ।उक्त सम्झौतामा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान तथा कोल्हवी नगरपालिकाको तर्फबाट मेयर रामप्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।

 

सम्झौताअनुसार कोल्हबी नगरपालिकाका नागरिकहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट सुविधा प्राप्त गर्नेछन्। साथै, नियमित निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम तथा अन्य सामुदायिक स्वास्थ्य गतिविधिहरू सञ्चालन गर्न दुवै पक्षबीच सहकार्य गरिनेछ।

Related posts

गृहमन्त्री लेखकले भने : यतिका दिन भइसक्दा पनि वीरगन्जमा हैजा फैलिनुको कारण पत्ता लागेकोे छैन

MadhesKhabar

वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

MadhesKhabar

पटेर्वासुगौलीमा कुष्ठ रोगका दुइ जना बिरामी भेटिए

MadhesKhabar

Leave a Comment