Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाबाट १० महनिामा १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज,१४ जेठ : वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा १ खर्ब ७० करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार, साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो। गत आर्थिक वर्षको सोही १० महिनाको अवधिको तुलनामा यस वर्ष १६ दशमलव ३५ प्रतिशतले बढी अर्थात २५ अर्ब ५३ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा साउनदेखि वैशाख सम्म १० महिनाको अवधिमा वीरगन्ज नाका १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको आयातबाट मात्रै चालु आर्थिक वर्षको १० महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ। १ खर्ब ५७ करोड मूल्य बराबरको ८ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा भने ७९ अर्ब ५७ करोड मूल्य बराबरको ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो।

त्यसैगरी चालू आर्थिक वर्षको १० महिनामा ३५ अर्ब ७९ करोड मूल्य बराबरको ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल, २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।

Related posts

आगजनी र लुटपाटबाट वीरगन्ज महानगरपालिकामा मात्रै १ अर्ब १५ करोड बढीकाे क्षति भएको अनुमान

MadhesKhabar

आगलागीबाट पर्सामा ५ करोड ७२ लाख र बारामा ४ करोड १७ लाखको क्षति

MadhesKhabar

दसैंकाे किनमेलका लागि वीरगन्जमा सस्तो बजार सन्चालन

MadhesKhabar

Leave a Comment