Madhes Khabar
समाचार

बालेनले भेट्न नमानेपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

काठमाडौं,२५वैशाखःभारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगन भएको छ । सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ तारिखदेखि हुने भनिएको २ दिने भ्रमण हाललाई स्थगित गरिएको हो ।

नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै भारतले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने तरिकाले मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अहिलेलाई सारिएको हो । मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको भारत सरकारले नेपाललाई जानकारी गराएको छ । यद्यपि उसले भ्रमण सर्नुको वास्तविक कारण भने खुलाएको छैन ।

परराष्ट्र मन्त्रालयले भने भ्रमण सर्नुको पछाडि मुख्यगरी २ कारण हुन सक्ने जनाएको छ । परराष्ट्रका एक अधिकारीले भारतीय विदेश सचिव मिश्रीले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहलाई समेत भेट्न चाहेको तर प्रधानमन्त्री शाह अनिच्छुक रहेको बताउँछन् ।

बारम्बार भेटघाटको प्रबन्ध मिलाउन भारतीय पक्षबाट आग्रह आए पनि प्रधानमन्त्री शाहले अस्वीकार गरेकाले मिश्रीको भ्रमण सरेको हुन सक्ने उनको बुझाइ रहेको छ । त्यस्तै हालै लिपुलेकका बारेमा देखिएको नेपाल र भारतबीचको सीमा विवादका बीच पनि मिश्री काठमाडौं आउन नचाहेको उनको आकलन छ ।

Related posts

खानेपानीको क्षेत्रमा जनताले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव

MadhesKhabar

बाराका उप्रेती , वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त

MadhesKhabar

वीरगन्ज महानगरपालिकाले आज श्वेतपत्र जारी गर्दै

MadhesKhabar

Leave a Comment