वीरगन्ज,२४ वैशाखःपर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन गाउँको मुसहर बस्ती र वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियाको दलितबस्तीका बालबालिकालाई शैक्षिक सामग्रीका साथै खानेकुरा पनि वितरण गरिएको छ ।
फिस फर दलित फाउण्डेशनले सञ्चालन गरेको निःशुल्क ट्युसन कक्षामा पढ्ने दलित समुदायका ३ सय २० जना बालबालिकालाई कापीकलम, झोला, चाउचाउ र बिस्कुट वितरण गरिएको हो ।
बौधिसत्व बिहार बुढानिलकण्ठ काठमाडौंले ती सामग्री वितरण गरेको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए ।उक्त संस्थाले दलित बालबालिकाको पठनपाठनमा सुधार ल्याउने उद्देश्यले आगामी दिनमा पनि विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतापनि जनाएको रामले जानकारी दिए ।
त्यसअवसरमा अध्यक्ष रामसंगै सचिव दिपेन्द्र राम , सदस्य विनोद राम लगायतकाकोपनि उपस्थिती थियो ।

