वीरगन्ज,१३जेष्ठ:वीरगन्ज-१० अशाेकवाटिकामा आयाेजित रक्तदान कार्यक्रममा ३६ जनाले रगत दान गरेका छन्।
वीरगन्ज युथ कमिटीले शीवपार्वती धर्मशालामा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १ जना महिलासहित ३६ जनाले रगत दान गरेका हुन्।
वीरगन्ज युथ कमिटीका अध्यक्ष विक्की गुप्ताकाे अध्यक्षता तथा मधेस सरकारका पूर्वमन्त्री एंव नेपाली कांग्रेसका नेता ओमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा,पूर्व वडध्यक्ष रामनगिना साह कानु,युवा नेता दिपक साह कानु,समाजिक अभियन्ता दिलिपराज कार्की,वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामी लगायतकाेपनि उपस्थिती रहेको थियो।

