Madhes Khabar
शिक्षा हेडलाइन

पर्सा: भताैडामा ८० जना दलित बालबालिकालाई शैक्षिक सामग्री सहयाेग

प्रमाेद यादव
पर्सा,२३चैत:पर्साकाे पटेर्वा सुगाैली वडा नम्बर ४ भताैडा स्थित वनदेवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न दलित समुदायका बालबालिकालाई काठमाडौकाे एक संस्थाले स्टेशनरी लगायतका सामग्री सहयाेग गरेकाे छ।

उज्जन भुवन स्मृति प्रतिष्ठान काठमाडौंले मुसहर,चमार र दुसाद समुदायका ८० जना बालबालिकालाई स्टेशनरी,जुत्ता,फलफूल ,बिस्कुट लगायतका सामग्री सहयाेग गरेकाे हाे।शुक्रबार उक्त  संस्थाका पदाधिकारी र सदस्यहरुकाे टाेलीले ८० जना बालबालिकालाई ती सामग्री प्रदान गरेका हुन्।

 

यसका साथै चाइल्ड सपाेर्ट अर्गनाइजेसन जापानकाे टाेलीले उक्त विद्यालयमा अध्ययनरत दलित बालबालिकाका लागि विद्यालयमा आवश्यक भाैतिक संरचनाका साथै अन्य शैक्षिक गर्ने प्रतिबद्धता समेत जनाएकाे थियाे।शिक्षाबाट काेहि पनि बालबालिका बञ्चित नहाेउन् भन्ने उदेश्य आफ्नाे संस्थाको रहेकाे प्रतिष्ठानका पर्सा संयाेजक हरि यादवले बताए ।

त्यसअवसरमा विद्यालयका शिक्षक-शिक्षिका र अभिभावकहरुले दाता संस्थाका पदाधिकारी र सदस्यलाई फुलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।शिवशंकर राउतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुभाष दासले स्वागत मन्तव्य गरेका थिए।

यसैबीच प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ४ पथलवहाघाटका आगलागी पिडित पाहुन माझीलाई खाद्यान्न र नगद ३ हजार रुपैयाँ सहयाेग गरेकाे प्रतिष्ठानका पर्सा संयाेजक यादवले जानकारी दिए।

Related posts

वीरगन्जको शारदा माविमा सञ्चालित प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सहयोग समिति गठन

MadhesKhabar

वीरगन्जमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन

MadhesKhabar

वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह

MadhesKhabar

Leave a Comment